माघ ६ गते, काठमाडौँ । लुम्बिनीको पडरियामा सम्पन्न भएको ईण्डो–नेपाल क्रिकेट प्रतियोगिताको विजेता लुम्बिनी नवयुवा क्लबलाई जनता समाजवादी पार्टी रुपन्देही शाखाले सम्मान गरेको छ ।
बिहिबार तेनुहवा सामुदायिक अध्ययन केन्द्रमा एक कार्यक्रमको आयोजना गरी जनता समाजवादी पार्टीको जिल्ला कार्यसमितिले विजयी खेलाडीलाई नगद सहित आयोजकलाई पनि सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीको रुपन्देही जिल्ला कार्यसमितिका अध्यक्ष सियाराम यादवले यस क्षेत्रकै प्रतिष्ठित प्रतियोगितामा पहिलो पटक भारतीय टोलीलाई हराउदै नेपाली क्रिकेट टोली प्रथम भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले नेपालमा क्रिकेट खेलाडीहरुको उर्वरस्थल ग्रामीण क्षेत्र भएकोले सरकारले ग्रामीण क्षेत्रमा पनि खेलकुदमा लगानी गर्न आग्रह गर्नुभयो ।
नेपाल र भारतका ३२ टीम सहभागी पडरिया लुम्बिनी प्रिमियर लिगको छैठौं संस्करणको रुपमा रहेको ईण्डो–नेपाल क्रिकेट प्रतियोगिताको उपाधि आयोजकले जितेको थियो ।
सम्मान कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष सियाराम यादवसहित प्रदेश उपाध्यक्ष रामऔतर यादव, जिल्ला उपाध्यक्ष नवल किशोर सिंह, कलामुद्दिन खान, प्रदेश सदस्य गोविन्द यादव, बछुलाल केवट, विद्यार्थी प्रदेश अध्यक्ष राहुल यादव, क्षेत्रिय अध्यक्ष जावेद आलम, नगर उपाध्यक्ष मनोज प्रजापति, विद्यार्थी जिल्ला अध्यक्ष वीरेन्द्र यादव, जिल्ला सचिव कौसेलेन्दर मिश्रा, पार्टी जिल्ला सह–सचिव राज कुमार लोध, वार्ड अध्यक्ष इनामुल्लाह फकिर, खुर्शीद आलम, कमाल खान, लुम्बिनी नव युवा क्लबका अहमद खानलगायतको सहभागीता रहेको थियो ।