काठमाडौं, पुस २२ । मधेशी एकता समाज, युएई इकाइले दुबईको जबील पार्कमा नयाँ वर्ष र माघे सङ्क्रान्तिको अवसरमा पिकनिक आयोजन गर्यो ।
पिकनिकमा युएईका विभिन्न सहरबाट २ सय जनाभन्दा बढी मधेशी समुदायका महिला, पुरुष र बालबालिकाको सहभागिता थियो ।
त्यस अवसरमा नेपालका प्रवासी मधेशीहरुको छाता संस्था मधेशी एकता समाजको संगठन संयुक्त अरब इमिरेट्समा विस्तार भएको छ । धर्मेन्द्र गोहिबार यादवको नेतृत्वमा संगठन विस्तार भएको हो ।
युएई इकाइको सहअध्यक्षमा रामअयोध्या साह, वरिष्ठ उपाध्यक्षमा डा मितुशी मित्तल झा, अनामिका साह, शैलेन्द्र यादव, महासचिवमा रोशन देव, सहसचिवमा रामपुकार यादव, कोषाध्यक्षमा धर्मेन्द्र मण्डल, सांस्कृतिक संयोजकमा भोला पासवान, मिडिया संयोजकमा ललित राय र संजीव नायकलाई चयन गरिएको छ ।
गोहिवार यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेर समाजको युएई इकाइको तृतीय कार्यसमिति विस्तार गरी शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
जनवरी ७ अर्थात् आइतबारको दिन दुबईको जबील पार्कमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णा ठाकुर सभापति र समाजका संस्थापक संयोजक डाक्टर रविन्द्र कुमार यादव विशेष आतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
यस्तै पूर्वअध्यक्ष वैज्ञानिक मुकेश झा, समाजको नेपाल इकाइकी संयोजक डा. बॉब्बी सिंह, समाजसेवी फैजल हुसैन, लालबाबु सिंह, अनिल साह, कविन्द्र यादव, दीपक यादव, गैरआवासीय नेपाली संघ युएईका महासचिव भुवन बाग्लेलगायत विभिन्न समाजसेवी, बुद्धिजीवि र पत्रकारहरुको समेत उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर यादवले मधेशी एकता समाजले संसारभरि फैलिएका नेपालका प्रवासी मधेशीहरुलाई मधेश हितका लागि एकताको सुत्रमा बाँधेर सांकृतिक पहिचान जोगाउन र मधेशमा रहेका कुरीति, अन्धविश्वासविरुद्ध लड्न काम गरिरहेको विचार व्यक्त गर्नुभयो ।
यस्तै मधेशमा शिक्षाको स्तरमा उन्नति, मधेशबाट हुने श्रम आप्रवासनलाई कम जोखिमपूर्ण बनाउन र श्रमिकलाई शिपमूलक तालिम दिई विप्रेषणको गुणवत्ता कायम गर्नेजस्ता कार्यमा समेत एकता समाजले सकारात्मक परिवर्तनको प्रयास गरिरहेको डा. यादवको भनाइ थियो ।
यस अतिरिक्त, श्रमिकहरुलाई परदेशमा समस्या पर्दा उद्धार गर्ने, मद्दत गर्ने, मधेशमा प्राकृतिक विपत्तिको बेला सहयोग गर्ने, मधेश आन्दोलनका सहिद परिवारलाई सहयोग गर्ने, मधेश मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत गर्नेजस्ता कार्यमा समेत एकता समाज क्रियाशील रहेको यादवको बताउनुभयो ।
कार्यक्रममा सहभागी तथा वक्ताहरुले नयाँ वर्ष २०२४ को अवसरमा शुभकामना अदान प्रदान समेत गरेका थिए ।
आजको भेला र बैठकले आउँदो मार्च १७ तारिखमा दुबईमा होली पर्वको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।
युएई सरकारबाट गोल्डेन भिसा पाउनुभएका पहिलो नेपाली तथा वरिष्ठ चिकित्सक डाक्टर यादव, युएईमा भूउपग्रह क्षेत्रमा कार्यरत वैज्ञानिक मुकेश झा, व्यवस्थापक तनवीर आलम, भारतमा कार्यरत दिपेन्द्र चौबे, सुजित ठाकुर, अस्ट्रेलियामा कार्यरत इन्जिनियर रमेश सिंह, बेलायतमा कार्यरत प्रसिद्ध चित्रकार गोविन्द साह आजाद र नेपालमा सामाजिक क्षेत्रमा कार्यरत डा. बब्बी सिंहको प्रयासले सन् २०२१ मा युएईबाट मधेशी एकता समाजको शुरुवात भएको थियो ।