काठमाडौं, फागुन २१ गते । मधेशी एकता समाज युएईले दुबईमा होली विशेष कार्यक्रम आयोजना गरेको छ । विभिन्न पेशा व्यवसायमा संलग्न मधेशीहरुको साझा संस्थाको रुपमा स्थापित मधेसी एकता समाज युएईले गत आइतबार अर्थात् फागुन १४ गते होली विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नेपालबाट गएका मधेशी समुदायका चर्चित गायकद्वय देवेन्द्र साह सोनी र देव अहिराव तथा नृत्यंगना प्रीति पासवान र गायिका शिवानी भगतले आ–आफ्ना प्रस्तुति दिएका थिए ।
त्यस्तै युएईमा रहेको स्थानीय नेपाली कलाकारहरुको समूहले विभिन्न सांस्कृतिक तथा संगीतिक कार्यक्रममार्फत दुबईलाई होलीमय बनाएको थियो ।
![](https://www.thebaardali.com/uploads/editor/2023-03-05/174551814dubai-holi1.jpg)
कार्यक्रममा उपस्थित सबैले विभिन्न रङ्ग एक आपसमा साट्दै उल्लासपूर्वक होली मनाएका थिए । त्यस्तै, समाजलाई सेवा तथा योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
होली आउन १० दिन बाँकी छदै यस पटक आयोजना गरिएको होली विशेष कार्यक्रम सांगीतिक तथा साँस्कृतिक मात्रै नभएर बौद्धिक बहसको रुपमा पनि मनाइएको छ ।
त्यसका लागि मधेशी एकता समाजले प्रसिद्ध विश्लेषक तथा स्तम्भकार सीके लाललाई प्रमुख अतिथिको रुपमा नेपालबाट आमन्त्रित गरेको थियो । विश्लेषक लालले मधेश र मधेशी समुदाय तथा नेपालको आगामी अवस्थाबारे आफ्नो विश्लेषण प्रस्तुत गर्नुभएको थियो ।
![](https://www.thebaardali.com/uploads/editor/2023-03-05/174615292dubai-holi5.jpeg)
विश्लेषक लालले देश र मधेशमा विभिन्न राजनीतिक आन्दोलन भएपनि नागरिकले परिवर्तनको महसुस गर्न नसकेको बताउनुभयो । राजनीतिक चेतना बिना कुनै पनि परिवर्तन सम्भव नभएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा समाजका संस्थापक डा. रविन्द्र कुमार यादव, समाजको नेपाल एकाईकी प्रमुख डा. बबीसिंह यादव, समाजका वर्तमान अध्यक्ष कृष्णा सिंह, अर्चना दास, वैज्ञानिक तथा समाजका पूर्व अध्यक्ष मुकेश झा, प्रवासी मन्च माल्टाका अध्यक्ष सत्य झा तथा समाजसेवी हेमा मण्डलको विशेष आतिथ्यता तथा युएईमा सक्रिय विभिन्न संघ–सस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
![](https://www.thebaardali.com/uploads/editor/2023-03-05/174634707dubai-holi4.jpg)
स्थापना भएको छोटो समयमै सामाजिक काममार्फत् स्थापित भएको मधेशी एकता समाजले युएईमा समस्यामा परेका मधेशी समुदाय तथा नेपाली नागरिकलाई सहयोग गर्दै आएको छ ।
त्यस्तै, समाजले मधेशमा समस्यामा परेका आफ्नो समुदायका नागरिकलाई आर्थिक, भौतिक तथा आवश्यक सहयोग गर्दै आएको छ ।
![](https://www.thebaardali.com/uploads/editor/2023-03-05/175517457dubai-holi2.jpg)
![](https://www.thebaardali.com/uploads/editor/2023-03-05/174708691dubai-holi6.jpg)